विष सेवन गर्दा चार वर्षीय बालकको मृत्यु

डिसी नेपाल
१ जेठ २०७७ २०:२१

गुल्मी । विष सेवन गर्दा धुर्कोट गाउँपालिकामा बिहिबार एक बालकको मृत्यु भएको छ । धुर्कोट – ४ जैसीथोकका चार वर्षीय प्रशान्त पोख्रेलको दिउँसो विष सेवनवाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

आमा बाहिर काममा गएका समयमा हजुरआमासँगै घरमा बसेका उनले घर बाहिर खेल्दै जाने क्रममा भाँडा माझ्ने ठाउँमा जुम्रा मार्नका लागि राखिएको विष खाएको प्रहरी निरीक्षक रावलले बताए । विष सेवनवाट बेहोश बालकको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *