अनुसन्धानमा कोरोनाभाइरस र सेक्स हर्मोनबीच सीधा सम्बन्ध भेटियो

डिसी नेपाल
२ जेठ २०७७ १३:५५

काठमाडौं। सेक्स हर्मोन र कोरोनाभाइरसको सीधा सम्बन्ध रहेको हालैको एक अध्ययनमा पाइएको छ । महिलाको तुलनामा पुरुषहरुमा भाइरसको असर धेरै र मृत्युदर पनि बढी देखिएपछि सेक्स हर्मोनले यसमा के कस्तो भूमिका खेलिरहेको छ भन्ने पत्ता लगाउन अध्ययन गरिएको थियो । नयाँ अध्ययनमा जुन पुरुषहरुमा टेस्टोस्टेरोनको स्तर कम हुन्छ ती पुरुषको मृत्यु हुने जोखिम बढी भएको पाइएको छ ।

जर्मनीको युनिभर्सिटी मेडिकल सेन्टर ह्यामबर्ग इप्पेनडर्फका शोधकर्ताहरुले गरेको अध्ययनमा यस्तो खुलासा भएको हो । साइन्स टाइम्सको रिपोर्टअनुसार यो अध्ययन कोरोनाभाइरसका ४५ बिरामीहरुमा गरिएको हो जसमध्ये ३५ पुरुष र १० जना महिला थिए । यी सबै बिरामी आइसीयूमा भर्ना भएका थिए । यीमध्ये ९ पुरुष र ३ महिलाहरुको मृत्यु भयो । ७ बिरामीलाई अक्सिजन र ३३ बिरामीलाई भेन्टिलेटरको आवश्यकता पर्यो ।

३५ पुरुषमध्ये दुई तिहाइभन्दा अधिक अर्थात ६९ प्रतिशत बिरामीमा हर्मोन टेस्टोस्टेरोनको स्तर कम थियो । यो सेक्स हर्मोनले शरीरको प्रतिरक्षा प्रक्रियालाई नियन्त्रित गर्ने काम गर्छ । अध्ययनमा सहभागी ६० प्रतिशत महिलाहरुमा यो हर्मोनको स्तर धेरै पाइयो । पर्याप्त हर्मोनबिना शरीरको प्रतिरोधी शक्तिले ठिकसँग काम गर्न सक्दैन । यसबाट प्राणघातक साइटोकन स्टर्मको खतरा बढ्छ । प्रतिरोधी शक्तिले जब कुनै जीवाणुलाई मार्ने कोसिस गर्छ त्यतिबेला टेस्टोस्टेरोन हर्मोनको कमीका कारण यसमा बाधा आउँछ । यसका कारण साइटोकन स्टर्मको खतरा हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *