ईङल्यान्डका फुटबलरलाई चक्कु देखाएर घरमा लुटपाट

डिसी नेपाल
२ जेठ २०७७ १५:०४

काठमाडौं । ईङल्यान्ड र टोटेनहम फुटबल क्लबका मिडफिल्डर डेले अली बुधबार कोरोनाभाइरस र लकडाउन बीचमा लुटिएका छन। दुई चोरहरूले उनको उत्तरी लन्डनको घरमा आक्रमण गरी चक्कु देखाएर लुटपाट गरेका छन । चोरले उनको घर पनि भत्काइदिएका छन। डेले र उनको भाइलाई सामान्य चोट लागेको छ ।

डेले र उनको भाइको प्रेमिकासँगै, अन्य साथीहरू पनि घटनाको समयमा घरमा थिए। डेलेले ट्वीट गर्दै भने, “यो डरलाग्दो अनुभव हो, तर अब हामी सबै ठीक छौं। सबैलाई सन्देश पठाउन र तपाईको चासो व्यक्त गर्नुभएकोमा धेरै धेरै धन्यवाद।”

स्थानीय प्रहरीका अनुसार दुई अपराधी उनको घरभित्र प्रबेश गरी नगद, गहना, बहुमूल्य घडी र अन्य धेरै सामानहरू चोरेका छन्। डेले र उनको भाइलाई चोहरूको आक्रमण बाट सामान्य चोटपटक लागेको छ। उनीहरुलाई अस्पताल लैजाने कुनै आवश्यकता परेन। हाल यस घटनामा संलग्न कोहीपनि पक्राउ परेका छैनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *