क्वारेन्टाइनमा बसेकालाई विनापरीक्षण घर पठाइएपछि प्रदेश सरकारले पठायो रुकुमपूर्वमा किट

डिसी नेपाल
२ जेठ २०७७ १७:५२

रुकुमपूर्व । प्रदेश नं ५ सरकारले यहाँका लागि ८० किटसहित थप स्वास्थ्य सामग्री पठाएको छ । क्वारेन्टाइनमा बसेकालाई विनापरीक्षण घर पठाइरहेका अवस्थामा सरकारले किटसहित थप स्वास्थ्य सामग्री पठाएको हो ।

कोरोना भाइरस परीक्षणका लागि अत्यावश्यक मानिने आरडिटी किटसहित २० थान पिपिई र पाँच सय थान सर्जिकल मास्क आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए। उनका अनुसार ती सामग्रीमध्ये पाँच थान पिपिई र दुई सय थान सर्जिकल मास्क जिल्ला अस्पतालमा पठाइएको छ ।

अन्य स्वास्थ्य सामग्री भने स्वास्थ्य कार्यालयमै राखिएको छ । पर्सालगायत जोखिमयुक्त ठाउँबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी गरिने शर्माले बताए । जिल्लामा एक साताअघि पर्साबाट आएकाहरु क्वारेन्टाइनमा छन् । ती सामाग्री प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आपूर्ति विभागले पठाएको हो । अहिले प्रदेश सरकारले जिल्लामा किट वितरण गर्दै आएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *