गौरीफन्टा सीमानाकाबाट २८० नेपालीको उद्धार

डिसी नेपाल
२ जेठ २०७७ १९:४८

धनगढी । लामो समयसम्म भारतको क्वारेन्टाइनमा बसेका २८० नेपालीलाई शुक्रबार कैलालीको गौरीफन्टा सीमानाकाबाट उद्धार गरी स्वदेश भित्र्याइएको छ ।

भारत, लखिमपुरखिरी जिल्लाको पलिया बजारमा व्यवस्था गरिएका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतीय अधिकारीको पहलमा बसमाफर्त् नेपाल भारत सीमानाका गौरीफंन्टासम्म पु¥याइएको थियो । सीमासम्म पु¥याइपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको प्रहरी समेतको टोलीले नेपालीको उद्धार गरेको हो ।

उनीहरु भारतको क्वारेन्टाइनमा झण्डै ४८ दिन बसेका थिए । उद्धार गरिएकामा कैलाली, कञ्चनपुर, बैतडी, डोटी, बझाङ, सुर्खेत, डडेल्धुरा, दैलेख, कास्की, रौतहट, सिन्धुलीलगायत ठाउँका नागरिक रहेका उद्धारमा खटिएका जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले जानकारी दिए।

“सीमानाकामा नै भित्र्याइएकाको स्वास्थ्यको आरडिटी टेस्टको व्यवस्था गरिएकाले उहाँहरुको परीक्षण भइरहेको छ”, जोशीले भने, “उहाँहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी पठाउन लागिएको छ ।” कैलालीका क्वारेन्टाइनमा बसेका झण्डै ४५० भारतीय नागरिकलाई पनि भारत पठाउने तयारी गरिएको जोशीले बताए । भारत सरकारले लकडाउन खुकुलो बनाएसँगै त्यहाँका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई सीमासम्म पु¥याउन थालेको बताइएको छ ।

कैलाली र भारतको खिरी जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा भारतमा रहेका नेपालीलाई स्वदेश भित्र्याइएको बताइएको छ । कोरोनाको जोखिम हुन नदिन नेपाल भारत सीमानाका बन्द नै रहेको छ । भारतीय राजदूतावासले नेपालका क्वारेन्टाइनमा बसिरहेका भारतीयहरुलाई भारत पठाउने व्यवस्था गरिदिन आग्रह गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *