पाकिस्तानी मुलकी अमेरिकी महिला सहनाजलाई १३ वर्ष जेल सजाय

डिसी नेपाल
२ जेठ २०७७ २०:१७

न्यूयोर्क । पाकिस्तानी मुलकी अमेरिकी महिला सहनाजलाई अमेरिकी संघीय अदालतले स्लामिक स्टेट अफ इराक तथा अल–शाम (आइएसआइएस) लाई सहयोग गरेको अभियोगमा १३ वर्ष जेल सजाय तोकेको छ ।

उहाँले आइएसआइएस आवद्ध पाकिस्तान, टर्कीलगाएतका मुलुकमा सक्रिय आतङ्कवादी सञ्जाललाई भौतिक सहयोग गरी सघाएको आरोप लगाइएको छ ।

जिल्ला न्यायाधीश जोना सेयबर्टद्वारा बुधबार सुनाइएको फैसलामा सहनाजले विदेशी पर्यटक सङ्गठनलाई एक लाख ५० हजारभन्दा बढी मूल्य बराबरको आर्थिक सहयोग दिएको र आइएसआइएस समूहसँग सहकार्य गर्न सिरिया जाने प्रयास गरेको स्वीकार सन् २०१८ को नोभेम्बरमा गरिसकेको बताइएको छ ।

अमेरिकी न्याय विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सन् २०१७ को मार्चदेखि सन् २०१७ काृ जुलाईसम्म अमेरिकी अदालतमा उपलब्ध तथ्य र सुनुवाईका क्रममा प्रस्तुत तथ्यका आधारमा सहनाजले केही अमेरिकी वित्तीय संस्थाहरूलाईसमेत छली आइएसआइएसका लागि रकम जम्मा गरेको पुष्टि भएको छ । अभियुक्तले यसै सन्दर्भमा करिब २२ हजार ५०० कर्जासमेत लिएको बुझिएको छ ।”

सहनाजले गैर–कानूनीरूपमा करिब एक दर्जनभन्दा बढी क्रेडिट कार्ड लिएको र तिनीहरूलाई विटकोइन र क्रिप्टोकरेन्सीजस्ता इलेक्ट्रोनिक कारोबारका लागि प्रयोग गरी करिब ६२ हजार अमेरिकी डलरको कारोबार गरेको पनि फैसलामा उल्लेख छ । बिटकोइन वा क्रिप्टोकरेन्सी भनेका एक प्रकारका नगद नै हुन जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरू खरिद् बिक्रीमा सामान्य मुद्राजस्तै प्रयोग गर्न सक्छन् ।

सहनाजलाई सन् २०१७ को जुलाईमा न्यूयोर्कको क्वीन्सस्थित जोन एफ केनेडी विमानस्थलबाट टर्कीको इस्तानबुल जाने क्रममा पक्राउ गरिएको थियो । सिरियामा रहेको आइएसआइएस समूहमा सम्लग्न हुन व्यक्तिगतरूपमा पश्चिमा मुलुकबाट टर्कीको यात्रा गर्ने र त्यहाँबाट लुकीछिपी सिरिया पुग्ने गर्दछन् ।

सहनाजसँग जिहादी समूहसँग आवद्धता रहेका वेबसाइट तथा सूचना सञ्जालहरू रहेको प्रहरीले छानविनका क्रममा भेटेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *