विश्वभर १७ लाख ५५ हजार बढी कोरोना संक्रमित निको (तालिकासहित)

डिसी नेपाल
३ जेठ २०७७ ७:२६

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट संक्रमितमध्ये १७ लाख ५५ जहार बढी संक्रमितको उपचार सफल भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १७ लाख ५५ हजार १४१ संक्रमित निको भएका छन् ।

विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेको अमेरिकामा हालसम्म ३ लाख २६ हजार २४२ जनाको उपचार सफल भएको छ । हालसम्म अमेरिकामा १४ लाख ८४ लाख २८५ जना संक्रमित भएका छन् जसमध्ये ८८ हजार ५०७ जनाको ज्यान गएको छ ।

यस्तै, स्पेनमा १ लाख ८८ हजार ९६७, रसिया ५८ हजार २२६, इटली १ लाख २० हजार २०५, ब्राजिल ८४ हजार ९७०, फ्रान्स ६० हजार ४४८, जर्मनी १ लाख ५१ जहार ७ सय, १ लाख ६ हजार १३३, इरान ९१ हजार ८३६, भारत ३० हजार २५८ र क्यानडामा ७८ हजार २०९ जना संक्रमित निको भएका हुन् ।

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको दक्षिण एशियाका थप देशहरुमा नेपालमा ३६, भुटान ५, पाकिस्तना १० हजार १५५, श्रीलंका ४७७, बंगलादेश ३ हजार ८८२, माल्दिभ्स ४९ र अफगानिस्तानमा ७४५ संक्रमित निको भएका हुन् । विश्वका अन्य देशहरुको विवरण तलको तालिकामा उल्लेख छ ।

यस्तो छ २१३ देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *