कोरोनाभाइरसः ‘भ्याक्सिन बनोस् वा नबनोस् लकडाउन खोलिन्छ’
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्म कोरोनाभाइरसको भ्याक्सिन तयार गर्ने गरी काम अगाडि बढाइएको बताएका छन् । तर, उनले भ्याक्नि बनेको अवस्थामा वा नबनेपछि देश सामान्य अवस्थामा फर्किने बताए । सीएनएनका अनुसार रोज गार्डेनमा शुक्रबार मिड डे इभेन्टमा राष्ट्रपति ट्रम्पले भने ‘म केही कुरा प्रस्ट पार्न चाहन्छु, यो निकै महत्वपूर्ण छ । भ्याक्सिन होस् वा नहोस् हामी फर्किनेछौं ।’
विश्वभरीका वैज्ञानिकहरु यो महामारीको भ्याक्सिन बनाउन खटिइरहेका बेला अमेरिकाले आफ्नै प्रयासमा भ्याक्स्नि बनाउन ‘अपरेशन वार्प स्पिड’ सुरु गरेको औपचारिक घोषणा भइसकेको छ । पछिल्लो समय धेरैले विश्व्को जीवन पुरानै अवस्थामा फर्किनको लागि भ्याक्नि एकमात्र बाटो भएको धारणा राखिरहँदा शुक्रबार राष्ट्रपति ट्रम्पले भने आफू यो धारणासँग सहमत नभएको प्रस्ट पारे ।
Facebook Comment