त्यसपछि भाग्ने पालो आयो लिम्बूको

डिसी नेपाल
३ जेठ २०७७ १०:११

२००७ सालको जनक्रान्तिले पुरै नेपालको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक,सांस्कृतिक एवम् पुरातन मूल्य मान्यताहरुमा एक प्रकारले आमूल परिबर्तननै ल्याएको थियो । पूर्वी पहाड यसबाट अछुतो हुने कुरा थिएन । यो अबस्थालाई पूर्वी पाहाडले पनि ठूलै अवसरको रुपमा प्रयोग गरेको पाइन्छ । पूर्वी पहाडमा पनि खासगरी आठराई क्षेत्र अग्रपंक्तिमै रह्यो ।

२००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणाभएपछि गाउ“मा एकप्रकारको उल्लासमय बातावरण आएको थियो।सबै आफ्नाहिजोसम्म आफैले भोगचलन गरिरहेको आफ्नै घर जग्गा बाटो, हिटी, बन जंगल। पाखा पखेरा, डाँडा कांडालगायत आकाश, घाम, जुन, तारा, हावा सबै सबै अचानक फेरिएका जस्ता भए ।आ–आफ्ना गाउंमा एकप्रकारले रमाइलो बाताबरणको सृजना हुंदै गयो । लुटिने, कुटिने डरले घर र सम्पत्ति छाडेर भागेका मानिसहरु बिस्तारै गाउ“मा फर्केर आए ।

तर, एक प्रकारले पनि गाउंघर एक प्रकारले नांगो पनि थियो । खाली खाली, रित्तो ओडारजस्तो । बाहुन, क्षेत्रीका घरका ढोकाका खापाहरु काटिएका, थामहरु काटिएका, ठेकाहरु चार टुक्रा पारेर काटिएका । ढिकुटी रित्तै पारिएका, भकारीका धान सबै लुटिएका, थांग्रामा र घरका वरपरि दलिनमा झुण्ड्याइएका मकैका गांड हराएका अबस्थामा थिए । कसै कसैका घरमा अलि अलि कोदो बांकी थियो। भागेका भगाइएका मान्छेहरु घरमा फर्किएर त आए तर न खाने अन्न न पकाउने भांडा कुंडा । त्यहां केही थिएनन् न खाने थाल बटुका नत ओड्ने ओछ्याउने नै ।
जसलाई लिम्बूहरुले नै संरक्षण गरेर भाग्न दिएका थिएनन्, उनीहरुसंग ऐंचो पैंचो, सरसापट गरेर गुजारा गर्न सुरु गरे । स्थिति बिस्तारै सहज बन्दै जांंदै थियो ।

यस्तैमा जनक्रान्तिका समयमा गाउंगाउंमा बिथोलिएको सामाजिक सद्भावलाई पूर्ववतरुपमा ल्याई शान्ति कायम गर्न जनक्रान्तिका पूर्वी क्षेत्रका कमाण्डर जी.बी याक्थुम्वाको नेतृत्वमा ५०० मुक्ति सेना खटिएर आठराईमा आयो । यो फौज केही दिन आठराईमा बस्यो । खाम्लालुङ्ग बिशेषगरी तात्कालीन फेदाप खाम्लालुङ्ग हाल आठराईमा बसी लुट्ने र लुटिने दुबै पक्षलाई सम्झाई बुझाई गरी लुटिएका सम्भव भएसम्मका सबै मालमत्ता, सरसामान फिर्ता गराई सामाजिक सद्भाव कायम गराएका थिए ।

मालसामान फिर्ता गराउने क्रममा लुटाहाप्रति निकै कडा ब्यबहार अपनाउनु परेको थियो । अब भाग्ने पालो लिम्बूहरुको आएको थिए जसले लुटपाट र उत्पात मच्चाएका थिए । सो समयमा लुटपाटमा बढी सम्लग्न भएका लिम्बूहरु घर छोडी भागेका थिए ।गाउ“ गाउ“मा लुटिएका सामानहरु सोही गाउ“को एकै ठाउ“मा जम्मा गर्न लगाइ लुटिएकाहरुले आफ्ना सामान चिनेर लैजाने व्यवस्था गरिएको थियो । बाहुन क्षत्रीहरुले आफ्ना लुटिएका केही सामान फिर्ता पाए । धेरैजसो सामानहरु खर्च गरिसकिएका, बाख्रा, कुखुरा काटेर खाइसकिएका थिए ।

यसले घर फर्किएका बाहुन क्षत्रीहरुमा निराशा त थियो तर आफ्नो घर फर्किनसम्म पाइएकोमा सन्तोष पनि थियो । समयक्रममा असन्तुष्टीको घाउ पुरिदै गयो । एउटालाई अर्कोको आवश्यकता र ऐंचो पैंचोको सामाजिक संरचनाले पनि वातावरण सुधार हुन मद्दत गरेको थियो । त्यसमाथि शान्ति सुव्यवस्थाका लागि फौजकै उपस्थिति भएपछि कानूनको डर र भर दुबै महसुस हुन पुगेको थियो । यसले बातवरण संगलिदै गएपश्चात समाजमा लिम्बू बाहुन दुबैमा पुन एकता कायम हुन गई सामाजिक सद्भाव कायम हुन गयो । यो एकता निकै मजवुत देखियो आठराईमा । फलस्वरूप पहिलो चरणमै गाउंमा स्कुल स्थापना गरियो ।

आठराई मुल्पानीमा पहिलेदेखिनै एउटा भाषा पाठशाला सन्चालनमा थियो । यसका अतरिक्त चुहानडांडामा र संक्रान्तिमा २००८ सालमा थप एउटा एउटा स्कुल स्थापना गरी पढाउन शुरु गरियो ।केही समयपश्चात संक्रान्तिको स्कुलको नाम श्री त्रिमोहन मिडिल स्कुल ( श्री त्रिभुवन मोहनशम्शेर ) र चुहान्डांडाको स्कुलको नाम श्री शारदा मिडिल स्कुल नामाकरण गरिएको थियो ।

यहीश्री शारदा मिडिल स्कुलका संस्थापक हेड माष्टर वा हेडसर वा प्रधान अध्यापक हुनुहुन्थो– आठराई चुहाँडांडा हिले निबासी पण्डित श्री धरणीधर न्यौपाने । उहां अहिले १०१ बर्षको उमेरमा प्रदेश नं १ को सुनसरी जिल्ला ईटहरीनगरपालिकामा छोरा मोहन न्यौपानेका साथमा रहेर हामीलाई ज्ञानवर्धक रचनाहरु दिंदै हुनुहुन्छ । ईश्वरले गुरुलाई स्वस्थ शरीरको दीर्घ जीवन दिउन भन्ने कामना गर्दछु ।

यस प्रकारले आठराईमा मुल्पानी र चुहान्डाडाबाट शुरु भएको शिक्षाको दियोले अहिले पुरै आठराईमानै रांकोको ज्वालाको झैं काम गरिरहेछ । दुबै मिडिल स्कुल २०११ सालमा हाई स्कुलभई २०१५ सालमा शारदा हाई स्कुलबाट पहिलोपटक एसएलसी परीक्षामा विष्णुप्रसाद सिटौला र जगन्नाथ थपलिया सम्मिलित भएका थिए । २०२० सालदेखि आठराई मुल्पानीको त्रि मोहन हाई स्कुलमा एसएलसीको परीक्षा दिने केन्द्रको स्थापना भएको थियो ।

शिक्षा क्षेत्रमा अग्रगामि छलांग लगाउदै २०१७ सालमा चुहान्डाडामा तत्कालीन श्री ५ युवराजधिराजका नाममा वीरेन्द्र इन्टर कलेजको स्थापना गरी आई.ए.तहको पढाइ शुरु गरिएको थियो । सम्भवत यो कलेज नेपाल राज्यको पहाडी जिल्लामा स्थापना भएको चौथो कलेज हो ।अहिलो सो कलेज तेह्रथुम क्याम्पसका नाममा स्नातक तहसम्मको अध्यापन गराइन्छ ।

यसरी आठराईमा भएको शैक्षिक प्रगतिलाई २००७ सालपछि आठराईमा सकारात्मकरुपमा बिकसित हुनगएको वाहुन क्षेत्री र लिम्बूवीचको एकताको प्रतिफलका रुपमा लिन सकिन्छ । यो सामाजिक सद्भावकै प्रतिफल २०१५ सालदेखि २०२५ सालसम्म आठराईको मुल्पानी, संक्रान्ति र चुहान्डाडा क्षेत्र तेह्रथुम, ताप्लेजुंग र पांचथर जिल्लाका लागि शैक्षिक केन्द्रस्थलकै रुपमा स्थापित भयो । ती जिल्लाका टाडा टाडाका बिभिन्न गाउहरुबाट ( च्यांथापु,सिनाम, सुभांग,सांघु,ओयाकजुंग, जलजले, बयरबुंग)विद्यार्थीहरु अध्ययनका निमित्त शारदा हाईस्कुल र त्रिमोहन हाईस्कुलमा आउंथे ।

(लेखक अमेरिकाको मेरिल्याण्डस्थित इण्डियन हेड नगरमा बसोबास गर्छन् । )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *