ईङल्यान्डका क्रिकेट खेलाडीहरु अर्को हप्ताबाट प्रशिक्षणमा

डिसी नेपाल
३ जेठ २०७७ ११:४०

काठमाडौं । ईङल्यान्ड क्रिकेट तथा वेल्स क्रिकेट (ईसीबी) ले आगामी हप्ताबाट आफ्ना खेलाडीहरु लाई प्रशिक्षणमा लैजाने भएको छ । त्यसका लागि ईसीबीले कडा नियमहरु बनाएको छ । जसअनुसार प्रत्येक खेलाडीहरुले प्रशिक्षणको बखत आ–आफ्नो छुटै बल राख्नु पर्नेछ साथै बललाई चम्काउन थुक वा पसिना प्रयोग गर्न पाईनेछैन । ईङल्यान्डले जुलाईमा पाकिस्तान र वेस्टईन्डिज बिरुद्ध ६ टेस्ट खेल्ने कार्यक्रम रहेको छ ।

जानकारी अनुसार प्रत्येक खेलाडीले आ–आफ्नो बल आफ्नो बाकसमा राख्नु पर्नेछ । खेलाडीहरुले अन्य खेलाडी तथा कोचसंग कम्तीमा २ मिटरको दुरी राख्नुपर्नेछ । टोलिको फिजियोलाई मात्र पीपीआई किट लगाउने अनुमति दिईएको छ । ब्याटिङ गर्ने क्रममा खेलाडीले कोचलाई हातले बलदिन पाउने छैन ।

जुलाईमा टेस्ट श्रृंखला अघि ईङल्यान्ड क्रिकेट बोर्डले सुरक्षामा ठूलो रकम खर्च गर्नुपर्नेछ। वेस्टईन्डिज बाट करिब ३० खेलाडीहरू आउनेछन्। उनीहरुको लागि निजी उडानहरूको लागि लगभग ४८ करोड रुपैया खर्च हुनेछ। वेस्टईन्डिजका खेलाडीहरूलाई क्वारेन्टाइनमा राख्नु पर्नेछ। ईसीबीले थप खेलाडीहरूको खर्च पनि ब्योहोर्नु पर्नेछ। वेस्टईन्डिज बिरुद्धको पहिलो टेस्ट जुलाई ८ देखि सुरु हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *