अपांग छोरालाई ११५० किमी लैजान साइकल चोरे, चिठी छोडे–‘म तपाइँको दोषी, माफ गरिदिनु’
काठमाडौं। कोरोनाभाइरसका कारण गरिएको लकडाउनले मजदूरहरुलाई सबैभन्दा धेरै पीडित बनाएको छ । फ्याक्ट्री, कम्पनीहरुमा काम बन्द भएपछि भोकै मर्ने स्थिति देखेर हजारौं मजदूरहरु घर फर्किरहेका छन् । न पैसा बाँकी छ न खानको लागि केही छ । त्यसैले धेरै पैदल हिँडिरहेका छन् । भारतका स्थिति यतोसम्म छ कि देशका हरेक हाइवेमा मजदूरहरु हजारौं किलोमिटरको सफरमा अघि बढिरहेका छन् । दैनिक भास्करले यी मजदुरका केही दर्दनाक कहानीहरु प्रकाशित गरेको छ ।
एक विवश पिताको इमानदारीमाथि बाध्यता भारी पर्छ र उनलाई गल्ती गर्न बाध्य पार्छ भन्ने कुरा उत्तर प्रदेशको बरेलीका मोहम्मद इकबालको पत्रबाट थाहा हुन्छ । इकबालको दोष यत्ति हो कि उनले आफ्ना अपांग छोरालाई ११५० किलोमिटर टाढा लैजान साइकल चोरे । तर, उनले साइकल चोरी गर्दै गर्दा उनको इमानदारीताले उनलाई झक्झक्यायो र उनले साइककल मालिकको नाममा चिठी छोडेर गए । चिठिमा लेखिएको छ – म तपाइँको दोषी हुँ तर मजदूर हुँ र विवश छु । म तपाइँको साइकल लिएर जाँदैछु । मलाई माफ गरिदिनु ।
राजस्थानको भरतपुर जिल्लाको रारह गाउँका साइकल मालिक साहब सिंहले बाहिर राखिएको साइकल हराएको थाहा पाए । सफाइ गर्दा कागजको सानो टुक्रा भेटियो । जसमा इकबालले आफ्नो विवशता लेखेका थिए । साहब सिंह भन्छन् – इकबालको पत्र देखेर आँखाभरी आँसु भरियो । साइकल चोरी भएको जो रिस र चिन्ता थियो त्यो अब सन्तोषमा बदलिएको छ । मेरो मनमा इकबालप्रति कुनै रिस छैन । त्यो साइकलले कसैलाई विवशतामा साथ दियो ।’
Facebook Comment