स्याङजा जिल्ला क्रिकेटको पुन अनलाईन खेलाडी दर्ता प्रकिया सुरु

डिसी नेपाल
३ जेठ २०७७ १२:३७

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस को संक्रमण हुने जोखिमबाट सर्तक रहन पुरै देशभर निशेधाज्ञा (लकडाउन) गरिएको छ । लकडाउनका कारण नेपालमा बिभिन्न ठुला तथा साना क्रिकेट प्रतियोगिताहरु लगाएत अन्य खेलकुद गतिबिधिहरु स्थगित रहेको छ ।

यो अवस्थामा जिल्लाका खेलाडीहरुलाइ जिल्ला छनोटका लागि कार्यालयमा आइ आफ्नो बिबरण दर्ता गर्न असम्भव रहेकाले स्याङजा जिल्ला क्रिकेट संघले सबै जिल्ला छनोटका गतिविधिमा सहभागी गराउनका लागि खेलाडी दर्ता प्रक्रियालाई सहजिकरण गर्न निशुल्क रुपमा ONLINE PLAYER REGISTRATION FORM सन्चालन गरेको थियो । उक्त प्रक्रिया अन्र्तगत जिल्लामा रहेका खेलाडीहरुले मार्फत आफ्नो बिवरण दर्ता गराएका थिए ।

संघले कोरोना संक्रमण र लकडाउन सकिएपछि भबिष्यमा अन्य कार्यक्रमहरु गर्ने भएका हुदा लकडाउन सकिएको २ हप्ता भित्र छुटेका सम्पूर्ण खेलाडी हरुलाई ONLINE PLAYER REGISTRATION FORM मार्फत आफ्नो बिवरण दर्ता गर्न आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *