क्रिकेटका महिला एङ्करका अगाडी फिका छन बलिउडका ग्लामरहरु (फोटो सहित)
![क्रिकेटका महिला एङ्करका अगाडी फिका छन बलिउडका ग्लामरहरु (फोटो सहित)](https://www.dcnepal.com/wp-content/uploads/2020/05/archana-9.jpg)
काठमाडौं । पल्लवि शारदा : पल्लवि शारदा अभिनेत्रि संगै भारतनाट्यम कि डान्सर पनि हुन । पल्लविले मिडिया एन्ड मास कम्युनिकेशन संगै कानुन पनि पढेकी छिन । अस्ट्रेलियामा भारतीय परिवारमा जन्मेकी पल्लविले बलिउड चलचचित्र माई नेम ईज खानमा अभिनय गरेकी छिन । उनले सन २०१६ को आईपिएलमा एङ्करिङको भुमिकामा प्रस्तुत भएकी थिईन । आईपिएलमा उनको चार्मिङ लुक्सले सबैको ध्यान आफ्नो तर्फ आर्कषित गरेकी थिईन ।
रोशेल मारिया राव : रोशेलले आईपिएलको छैठो सिजनमा एङ्करिङ गरेकी थिईन । रोशेलले सन २०१२ मा मिस ईन्डियाको उपाधि हातपार्दे चर्चित रियालटी शो बिगबसमा पनि सहभागिता जनाएकी छिन । सन २०१८ मा उनले आफ्नो प्रेमी किथ सिकेरा संग वैबाहिक सम्बन्ध गासेकी थिईन ।
करिश्मा कोटक : ब्रिटीस अभिनेत्री करिश्मा अभिनेत्री मात्र नभएर एक सफल एङ्कर पनि हुन । उनले आईपिएलको छैठो सिजनमा एङ्करिङ गरेर चर्चामा आएकी थिईन । करिश्माले आफ्नो करियर मोडलिङ बाट सुरुवात गर्दै किङफिसरको क्यालेन्डरमा देखा परेकी थिईन ।
शिवानी दान्डेकर : बलिउड ब्युटीले अमेरिकन टेलिभिजनमा एङ्करको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिईन । शिवानीले धेरैजसो टिभी सिरीजहरुमा पनि एङ्करको रुपमा काम गरेकी छिन ।
सोनाली नगरानी : नगरानीले सन २००६ मा च्याम्पियन ट्रफिको होस्ट गरेकी थिईन । उनी सन २००७, २००९ र २०१० को विश्वकपमा पनि थिईन । उनले टि २० का करिब ४ ईभेन्टहरु पनि होस्ट गरेकी छिन । सोनाली बलिउड चलचित्र रब ने बनादि जोडी, दिल बोले हडिप्पामा काम गरेकी छिन ।
मन्दिरा बेदी : पूर्व टेलिभिजन स्टार एवम भारतका पहिलो महिला क्रिकेट कमेन्टेटर मन्दिरा बेदीले दोस्रो सिजनको आईपिएलमा एङ्करिङ गरेको थिईन । उनले सन २००३ र २००७ क्रिकेट विश्वकप तथा २००४ र २००६ को च्याम्पियन ट्रफिमा एङ्करिङ गरेकी थिईन ।
अर्चना बिजय : अर्चानाले आईपिएलको चौंथो सिजनमा एङ्करिङ गरेकी थिईन । अर्चनाले ट्रवर डायरी फर एक्सट्रा कभर, क्रिकेट मसाला मार जस्ता क्रिकेट शो हरु होस्ट गरेकी छिन ।
ईसा गुहा : भारतीय मुलकी ईङलिस क्रिकेटर ईसाले आईपिएलमा एङ्करिङ गरेकी छिन । ईङल्यान्डले सन २००९ मा महिला क्रिकेट विश्वकप जित्दा टिमका प्रमुख सदस्य थिईन ।
Facebook Comment