नेपाली सेनाले चीनमा खरिद गरेको स्वास्थ्य सामाग्री काठमाडौमा

डिसी नेपाल
३ जेठ २०७७ १९:१८

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका अत्यावश्यक स्वास्थ्य सामग्री तातोपानी भन्सार कार्यालयबाट जाँच गरी राजधानी ल्याइएको छ । चीनको खासामा आइपुगेका १० कन्टेनरलाई शुक्रबार बेलुका मितेरी पुलबाट भन्सार यार्डमा ल्याइएको थियो ।

किटनाशक औषधि छर्केर १४ घण्टा क्वारेन्टाइनमा राखेपछि जाँच पास गरी शनिवारअपराह्न भन्सार यार्डबाट राजधानी ल्याएएको हो । विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस नेपालमा पनि दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै जान थालेपछि नेपाल सरकारको निर्देशनमा जीटुज प्रक्रियामार्फत नेपाली सेनाले उक्त सामग्री खरिद गरेको हो ।

सो नाकाबाट यसअघि कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न निजी क्षेत्रले पनि स्वास्थ्य सामग्री झिकाइसकेको छ । सेनाले ल्याउने भनिएको सस्थ्य सामाग्री नेपाल आउन ढिलाई भैरहेको बेला शनिवार दिउँसो सिन्धुपाल्चोकबाट काठमाडौ ल्याएको छ । सो सामान सेनाले सिधै स्वास्थ्य मन्त्रालयलाई जिम्मा लगाउने स्रोतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *