सरकारको नीति तथा कार्यक्रम संशोधन गर्न नेपाली कांग्रेसको माग

डिसी नेपाल
३ जेठ २०७७ २०:४३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संशोधन गर्नु पर्ने माग राखेको छ । बानेश्वरस्थित संघीय संसद भवन, बानेश्वरको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले कोरोनाको महामारीबाट देशले व्यहोरी रहेको समस्या सम्बोधन गर्न नीति तथा कार्यक्रमले ठोस निर्णय नलिएको निष्कर्ष निकाल्दै नीति तथा कार्यक्रम संशोधनको माग गरकोे हो ।

बैठक पछि जारि विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारद्वारा प्रस्तुत २०७७।०७८ को नीति तथा कार्यक्रमले देशले अहिले व्यहोरी रहेको समस्यालाई सम्बोधन गर्न र नेपाली जनतालाई सुरक्षा प्रदान तथा राहत पु¥याउन पनि सक्दैन । नोभल कोरोना भाइरसबाट प्रताडित जनतालाई आशा र भरोषा पनि दिलाउन सकेको छैन । नेपाली जनतालाई रोग तथा भोगबाट बचाउन सक्ने प्रतिबद्धता पनि प्रकट गरेको छैन । विद्यमान चुनौतिको सम्बोधन गर्ने र जनता प्रति उतरदायी नरहेको नीति र कार्यक्रम माथि नेपाली कांग्रेस संसदीय दलको बैठकले संशोधन पेश गर्ने निर्णय ग¥यो।’

बैठकले नेपाली भूमिमा भएको अतिक्रमणका बारेमा सरकारले ठोस निर्णय लिन नसकेको पनि ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भूमिको अतिक्रमणको विरोध गर्दै आफ्नो भूमिको रक्षाको लागि सरकार संवेदनशील नरहेको र ठोस कदम चाल्न नसकेको प्रति दुःख व्यक्त गर्दै अविलम्ब ठोस कुटनीतिक प्रयास गरी नेपालको भूमिको रक्षा गर्न सरकार गम्भीर बन्नका लागि बैठकले माग गरेको छ।’

संसदीय दलका नेता समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले नेपाली कांग्रेस संसदीय दलले हालसम्म कोरोना भाईरस संक्रमण न्यूनिकरण, नियन्त्रण तथा उपचार र यस प्रकोपका कारण पिडित रहेका विपन्न परिवारलाई राहत तथा अन्य समस्याका विषयमा सरकारलाई समय–समयमा सचेत गराई रहेकोबारे बैठकलाई जानकारी गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *