जर्मन बुन्डेस लिगा फुटबलमा डर्टमण्ड बिजयी

डिसी नेपाल
३ जेठ २०७७ २१:५३

काडमाडौं । जर्मनीको शीर्ष फुटबल लिग, द बुन्डेसलिगा बन्द रङ्शालाभित्र आज बाट सुरु भएको छ । कोरोनाभाइरसको सङ्क्रमणको जोखिमपछि मार्च १३ मा लिगका खेलहरु स्थगित भएको थियो । आजको खेलमा बोरुसिया डर्टमण्डले शाल्केमाथि ४–० फराकिलो जित निकालेको छ

बोरुसिया डर्टमण्डको लागि राफेल गुईरेरियोले दुई यस्तै अर्लिङ हालाण्ड र थोर्गन हाजार्डले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि डर्टमण्ड शाल्के बिरुद्ध कडारुपमा मैदानमा प्रस्तुत हुदै थप दुई गोल गर्न सफल भयो । डर्टमण्डका लागि खेलको ४८ औं मिनेटमा हाजार्डले गोल गर्दा टिमलाई ३–० ले अग्रता दिलाए । त्यसपछि खेलको ६३ औं मिनेटमा राफेलले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४–० को सहज जित दिलाए ।

यो जितसँगै डर्टमण्डले लिगको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले २६ खेलमा ५४ अंक जोडेको छ ।आजको हारसंगै शाल्के ३७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *