बुन्डेस लिगा : फ्रेबर्ग र ​​लिपगिज को खेल बराबरी

डिसी नेपाल
३ जेठ २०७७ २२:५२

काठमाडौं । जर्मनीको शीर्ष फुटबल लिग, द बुन्डेसलिगा बन्द रङ्शालाभित्र आज बाट सुरु भएको छ । कोरोनाभाइरसको सङ्क्रमणको जोखिमपछि मार्च १३ मा लिगका खेलहरु स्थगित भएको थियो ।

आज भएको दोस्रो खेलमा आर बि लिपजिगले फ्रेईबर्ग संग १–१ बराबरी खेल्दै फ्रेईबर्गको उपाधि जित्ने बाटोमा अबरोध खडा गरेको छ । चौथो स्थानमा रहेको लिपजिगको शिर्ष स्थानमा रहेको बायर्न म्युनिख भन्दा ४ अंक कम रहेको छ ।

बायर्न म्युनिखले आईतबार युनियन बर्लिन संग खेल्दै छ । लकडाउन अघि लिपजिगले वायर लिवरकुसेन र वोल्व्सबर्ग संग बराबरी खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *