आफ्नै मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको अविश्वास

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपल्ट आफ्नै मन्त्रिपरिषद्का सदस्यहरुप्रति अविश्वास व्यक्त गरेका छन्।
जेठ २ गते शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा उनले मन्त्रीहरुले मन्त्रिपरिषद्को गोपनीयता कायम गर्न नसकेको बताएर अविश्वास व्यक्त गरेका थिए। सधैंको बैठक झैं शुक्रबारको बैठक समयको पावन्दी बेगर बसेको थिएन।
दिउँसो ४ बजे राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुँदै थियो। र, त्यसअघि मन्त्रिपरिषदबाट नीति कार्यक्रम पारित गर्नु पर्ने थियो। सो दस्तावेज मन्त्रिपरिषदबाट पारित पनि भयो। तर पहिलेजस्तो प्रधानमन्त्री ठट्टाको मुडमा थिएनन् त्यसदिन।
पहिले पहिलेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केही हासो ठट्टा गर्थे। उखान टुक्का भन्थे। उनका यी कुरा कहिले काहीँ समाचारका विषय पनि बन्न थालेका थिए। शुक्रबारको गम्भीरता र अविश्वास यही कुरामा केन्द्रित थियो।
प्रधानमन्त्रीले मुख खोलेर भने, ‘केही भन्न पाएको हुँदैन बाहिर पुगिहाल्छ। अब कुनै पनि विषयमा छलफल गर्नु बेकार लाग्न थालेको छ।’ प्रधानमन्त्रीले गुनासो थपे, ‘राम्रो काम गर्न खोज्दा पनि बाहिर नराम्रो बनाइन्छ अनि त्यसै अनुसारको बिरोध हुन्छ।’
जब मन्त्रिपरिषद बैठकमा भएको हरेक छलफल जस्ताको तस्तै मिडियामा आउन थाल्यो भन्ने आरोप लगाएर मन्त्रिपरिषद्मा प्रस्तुत विषयहरु मन्त्रीहरुलाई नै थाहा नदिने गर्न थालिएको छ। अब धेरैजसो बिषय मन्त्रीलाई नि थाहा हुन छोड्यो। शुक्रबार पनि भयो त्यस्तै।
प्रधानमन्त्रीले मुख खोलेर भने, ‘केही भन्न पाएको हुँदैन बाहिर पुगिहाल्छ। अब कुनै पनि विषयमा छलफल गर्नु बेकार लाग्न थालेको छ।’ प्रधानमन्त्रीले गुनासो थपे, ‘राम्रो काम गर्न खोज्दा पनि बाहिर नराम्रो बनाइन्छ अनि त्यसै अनुसारको बिरोध हुन्छ।’
एक मन्त्रीले दिएको जानकारीका अनुसार पार्टीमा भएको पछिल्लो विवाद र अध्यादेश प्रकरणले समस्यामा परेपछि ओली झन् सचेत भएका छन्। हिजोको बैठकमा पनि त्यो छनक दिने कोसिस गरे। मन्त्रिपरिषदबाट पारित गर्नु पर्ने विषय मुख्यसचिवमार्फत ल्याउने तर सबै मन्त्रीलाई जानकारी दिन छोडेका छन् उनले।
यसै पनि ओलीसँग दोहोरो सम्बाद गर्ने हैसियत मन्त्रीहरुले राख्दैनन्। ‘पहिलोपटक अध्यादेशका विषयमा केही मन्त्रीले अदमका साथ बोलेका थिए। त्योबाहेक अहिलेसम्म दोहोरो छलफल गरेको सुनेको छैन,’ ती मन्त्रीले भने।
Facebook Comment