बुन्डेस लिगा : पहिलो गोलमा हर्थाका खेलाडीले साथीसँग अंकमाल गर्दै मनाए खुशियाली

डिसी नेपाल
४ जेठ २०७७ १२:५७

काठमाडौं । कोरोना भाइरसको त्रासमै जर्मनीमा करिब ६५ दिनपछि कडा नियमहरु सहित फुटबल फर्किएको छ। गत मार्च ११ देखि बन्द रहेको बुन्डेस लिगा शनिबार बाट सुरू भएको छ । तर शनिबार भएको पहिलो खेलमै सामाजिक दूरीको अभाव देखिएको थियो। खेलमा हर्था बर्लिनका डेड्रिक बोयाटाले पहिलो गोलको उत्सवमा साथी खेलाडी मार्को ग्रुजिचलाई अंकमाल गर्दै चुम्बन गरे। यसलाई खेलको एक भागको रूपमा लिदै बुन्डेस लिगा व्यवस्थापनले खेलाडीलाई सजाय दिन अस्वीकार गरेको छ ।

खेलमा हर्थाले होफेनहम एफसीलाई ३–० ले हरायो। जारी लिगमा २६ खेल खेलेको हर्थाको यो आठौं जीत हो। हर्थाले ११ हारसंगै ७ खेल बराबरी खेलेको छ। यो जितसँगै हर्था २ स्थान माथि उक्लदै ३२ अंकका साथ अंक तालिकामा ११ नम्बरमा रहन सफल भएको छ। होफेनहम २६ खेलमा १० जीतका साथ नवौं स्थानमा छ, टिमको ११ अंक रहेको छ । जारी लीगमा होफेनहमले ११ हार र ५ बराबरी खेल्दै ३५ अंक बटुल्न सफल भएको छ ।

“खेलाडी भावनात्मक हुनु खेलको भाग हो”

हर्थाका नयाँ प्रशिक्षक ब्रुनो लाबबडियाले भने, “सत्य यो हो कि यि सबै खेलको एक भाग हो। हामीले कोरोना परीक्षण धेरै चोटि गराईसकेका छौं, त्यसैले म खेलमा यस्तो उत्सव मनाउन स्वीकृत गर्न सक्छु। खेलाडी भावनात्मक हुनु खेल को एक भाग हो। यो सबै भावनाको कारणले हुन्छ।” ब्रुनो लकडाउनको क्रममा टोलीका प्रशिक्षक हुन्। उनी जुर्गेन क्लिन्स्म्याको ठाउमा प्रशिक्षक भएका हुन ।

गाईडलाइनमा खेलाडीहरूको लागि कुनै प्रतिबन्धहरू छैन

जर्मन फुटबल लीगले प्रतियोगिताको लागि ५१ पृष्ठको दिशानिर्देशिका जारी गरेको छ । यस अन्तर्गत खेलाडीहरूलाई सामाजिक दूरी कायम गर्न, गोल वा खेल जित्दा खुट्टा वा कुहिनोलाई खुशियाली मनाउनु पर्नेछ । तर शनिबार प्रवक्ताले भने, “खेलाडीलाई चुम्बनको लागि सजाय दिन सकिदैन। हाम्रो दिशानिर्देश केवल खेलाडीहरू र क्लबहरूको लागि एक सल्लाह थियो। यो कुनै प्रतिबन्ध थिएन।”

हेरथाको सलोमनले सामाजिक दूरीको नियमहरू पनि तोडे

यो महिनाको पहिलो हप्ता, हर्थाका खेलाडी सलोमोन कलाउलाई सामाजिक दूरीको उल्लंघनका कारण निलम्बन गरिएको थियो। उनले साथीहरू र क्लबका कर्मचारीहरूसँग हाथ मिलाएको भिडियो सोशल मीडियामा साझा गरेका थिए। जर्मन फुटबल लीग पनि त्यसबेला रिसाएको थियो। यद्यपि, कलाउले पनि आफ्नो कार्यको लागि माफी मागेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *