फुटबल खेलाडीले छोराको हत्या गरेको स्वीकार, अस्पतालमा कोरोनाको कारण मृत्यु भएको झुटो बयान

डिसी नेपाल
४ जेठ २०७७ १४:५१

काठमाडौं । एक फुटबलरले आफ्नै छोराको हत्या गरेको स्वीकार गरेका छन । प्रहरीका अनुसार उक्त फुटबलरले आफ्नो छोराले आफुलाई माया नगरेको कारण हत्या गरेको बताएका छन । सन २००७ र २००९ मा टर्किका लागि फुटबल खेलका केवेर टोकाटाले आफ्नो ५ बर्षीय छोराको हत्या गरेको प्रहरीलाई बताएका छन ।

छोरालाई स्वासप्रस्वासमा समस्या तथा ज्वरो आएपछि गत अप्रिल २३ मा केवेरले आफ्नो छोरालाई बार्सा शहरको डार्टसेलिक चिल्ड्रेन अस्पतालमा लिएर आएका थिए । कोरोना भाईरस संक्रमणको डरका कारण अस्पतालले बुबा र छोरालाई स्वास्थ्यकर्मी हरुसंग अलगै राखेको थियो । त्यही दिन केवेरले आफ्नो छोरा कासिमको अवस्था गम्भिर हुदै गएको चिकित्सकहरु लाई बताएपछि चिकित्सकले कासिमलाई गहन हेरचाह लागि राखेको थियो । त्यसको केही समयपछि कासिमको मृत्यु भयो ।

डाक्टरहरूले कोभिड १९ को कारण बच्चाको मृत्यु भएको घोषण गरे । डिमिरोरेन न्यूज एजेन्सीका अनुसार मृत्यु भएको ११ दिन पछि टोकाटाले स्थानीय पुलिस स्टेशनमा गएर कासिमको अपराध स्वीकार गरे। उनले प्रहरीलाई उनको छोरा मृत्यु कोरोनाबाट नभएर स्वास रोकेको कारण भएको बताए । उनले आफ्नो छोराको नाक र मुख थिचेर सास रोकेको बताए ।

उनले भने, “मैले मेरो कान्छो छोरालाई ऊ जन्मेको दिनदेखि कहिल्यै माया गरिन। मलाई थाहा छैन किन म किन उनलाई माया गर्थिन। मैले उसलाई मारिदिए किनभने उनी मलाई मन परेनन। मलाई मानसिक समस्या छ भनेर नसोच्नुहोस्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *