प्रवासी मजदूरलाई सीमामा ल्याएर छोडेको आरोपमा दिल्ली कांग्रेसका अध्यक्ष पक्राउ

डिसी नेपाल
४ जेठ २०७७ १४:५५

नयाँ दिल्ली। दिल्ली कांग्रेसका अध्यक्ष अनिल चौधरीलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ । अनिल चौधरीले आफ्नो ट्वीटर ह्याण्डलमा एउटा भिडियो जारी गरेका छन् । भिडियोमा उनको पछाडि पुलिसकर्मीहरु देखिएका छन् । भिडियोमा उनले आफूलाई आफ्नो निवासमै पुलिसले नजरबन्दमा राखेको बताएका छन् । आज बिहान उठ्दा नै आफ्नो घरमा पुलिसकर्मी आइसकेको उनले बताएका छन् ।

दिल्ली पुलिका डिसीपी इस्टका अनुसार अनिल चौधरीलाई घरमै नजरबन्दमा राखिएको हो । हिजो र आज बिहान पनि अनिल चौधरी र कांग्रेस कार्यकर्ता मिलेर आप्रवासी मजदूरहरुलाई दिल्ली उत्तर प्रदेश सीमामा ल्याएर छोडेको पाइएपछि उनलाई नजरबन्दमा राखिएको हो । मजदूरहरुलाई खाना खुवाउने नाममा बस र ट्रकमा भरेर शनिबार र आइतबार उत्तर प्रदेश सीमामा छोडेर आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *