थप ३ जनामा कोरोना पुष्टि, धनकुटामा पहिलो पटक भेटियाे

डिसी नेपाल
४ जेठ २०७७ २०:०४

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २९५ पुगेको छ। संक्रमित हुनेहरुमा धनकुटा निवासी ३४ वर्षिया महिला, मोरङ र विराटनगर निवासी २९ वर्षिया महिला र ३६ वर्षिया पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म ३६ जना उपचार पछि निको भएका छन् भने, २ जनाको कोरोनाका कारण मृत्यु भइसकोको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *