न्यूरोडमा आगलागी, २० लाखको क्षति
काठमाडौं । काठमाडौं महानगरपालिका २२ न्युरोडस्थित राजेन्द्र महर्जनको घरमा आगलागी भएको छ ।
विद्युतीय तार सर्ट भएर साझ ६ बजे आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नस्ट भएको छ ।
महानगरीय प्रहरी बृत्त जनसेवाका डिएसपी सुनीलजंग शाहले आगो पुर्ण नियन्त्रणमा आएको बताए । उनका अनुसार महानगर अन्तर्गतको जुद्द बारुद यन्त्रको टोलीले आगो नियन्त्रणमा लिएको हो ।
अन्य मानवीय क्षती भने भएको छैन । पीडित घरधनी अहिले छिमेकीकोमा बसेका छन् ।
प्रतिक्रिया
Facebook Comment