दिवेश पोखरेल अमेरिकन आइडलको टप पाँचमा, दुई घण्टामै आइडल घोषणा हुने
वासिङ्टन डिसी । नेपाली युवा गायक दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । गत हप्ता टप ७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो । सोही भोटका आधारमा दिवेश टप ५ मा पुगेका हुन् ।
आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको हो । अघिल्लो साता दिवेश पोखरेल – आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए।
आजको एपिसोडमै अमेरिकन आइडलको विजेताको घोषणा हुनेछ । यी टप ५ प्रतिस्पर्धीहरुले आजको एपिसोडमा २–२ गीत गाउनेछन् । एउटा नयाँ ट्युन हुनेछ र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइनेछ । यसैको आधारमा उपाधि विजेताको छिनोफानो हुनेछ ।
अमेरिकाको चर्चित अवार्ड पूर्वानुमान वेबसाइट गोल्ड डर्बीले यसअघि नै आर्थर गनलाई उपाधिका मुख्य दाबेदार भनिसकेको छ । दिवेश पोखरेल सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए । आफ्नी दिदीसँगै अमेरिकाको क्यान्सस राज्यको विचिटा पुगेका दिवेशले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्षमात्र भयो ।
यसअघि डिसीनेपालसँगको कुराकानीका क्रममा उनले नेपालबाट अमेरिका पुग्ने बेलासम्म आफूलाई संगीतमा रुचि भए पनि व्यवसायिकरुपमा यसैमा लाग्ने सोच भने नबनेको बताएका थिए । अमेरिका पुगेपछि त्यहाँ पनि संगीत क्षेत्रका व्यक्तिहरुसँग संगत बढेपछि मात्र उनले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको बताएका थिए ।
‘घरमा दाई दिदीहरुले गाएको सुन्थें, सुन्न र गाउन दुवै मन पथ्र्याे’ उनले भनेका थिए ‘यही बीचमा ममीले गितार उपहार दिनुभयो । मेरो यात्राको लागि त्यो नै सुरुवात बन्यो ।’ आमाले गितार उपहार दिएपछि दिवेशले गितार बजाउन सिक्दै गाउन थाले । सहयोग माग्दै, कोडहरु सिक्दै उनको सांगीतिक यात्रा अगाडि बढ्यो । यद्यपि त्यतिबेला उनी सानै थिए ।
उनी स्कुले नै थिए र उनले यही क्षेत्रमा करिअर बनाउने निश्चित भइसकेको थिएन । ‘त्यो ओपन स्टेज थियो, म्युजिकलाई सिरियसली लिएको थिइन’ दिवेशले सम्झन्छन् ‘स्कुले थिएँ । खेलकुदतिर पनि लागें । म्युजिकबाट अलि पन्छिएँ ।
तर, त्यो स्टेज कटेपछि फेरि म्युजिकमा इच्छा बढ्न थाल्यो अनि साथीहरु मिलेर ब्याण्ड बनाएर अगाडि बढ्यौं ।’ दिवेशका अनुसार उनका त्यतिबेलाका कैयौं साथीहरु अहिले पनि नेपालमा संगीत क्षेत्रमै छन् । यही बीचमा दिवेश अमेरिका पुगें । त्यहाँ उनीसँग खाली समय पनि बढ्यो । यही समयको सदुपयोग गर्दै उनी फेरि संगीतमै सक्रिय भए । ‘मैले गितार लिएँ अनि अभ्यास सुरु गरें’ दिवेश भन्छन् ‘यहाँ कफी शपहरुमा गएर पनि बजाउन र गाउन थालें ।’
दिवेशलाई आफ्नै एल्बम बनाउने पनि रहर थियो, उनले यसतर्फ पनि काम सुरु गरे । अमेरिकन आइडलमा जाने योजना भने पहिलेदेखिको थिएन । ‘अमेरिकन आइडल भन्ने शो छ भन्ने थाहा थियो तर जाने योजना भने थिएन’ दिवेश भन्छन् ‘विचिटा आएपछि धेरै संगीत क्षेत्रका मानिसहरु भेटें । सबैले अमेरिकन आइडलमा जान सुझाव दिन थाले । साथीहरुले परिवारबाट पनि जान सुझाव आएपछि ट्राइ गरिहालौं न त भनेर गएको थिएँ ।’
अमेरिकन आइडलको अडिसनमै प्रशंशा भएपछि भने उनी झनै प्रेरित भए । अडिसनमा दिवेशले क्रिडेन्स क्लियरवाटर रिभाइभ्डको ‘ह्याभ यु इभर सीन द रेन‘’ गाएका थिए । उनले पछि अर्को शोमा पनि यही गीत गाए । यद्यपि दोस्रो पटक उनले यो गीतको वास्तविक संगीत र लयमा केही परिमार्जन गरेका थिए । उनले यही गीत किन रोजे ? दिवेश भन्छन् ‘मैले मेरो म्युजिकल जर्नी स्टेजमा देखाउन चाहेको थिएँ । यो मैले सानैदेखि सुनेको गीत हो ।
यही गीत सुन्दा सुन्दै म संगीतमा आकर्षित भएको थिएँ ।’ दिवेशले २ वर्षअघि ‘ग्रहण’ नामक एल्बम पनि निकालेका छन् । यो एल्बमको काम सन् २०१७ मा सुरु भएको थियो र यसको पहिलो गीत ‘प्रलय’ नेपालमै रेकर्ड भएको थियो ।
पछि स्टेजमा फर्किएपछि उनलाई पूरै एल्बम निकाल्न मन लाग्यो । ‘मैले सानैमा लेखेका केही कविताहरु समेत जोडेर केही गीतहरु बनाएँ’ उनले भने ‘केही गीतहरु भने पछि लेखेको थिएँ ।’
No one has provided a link that works and can be used to vote from Nepal. Anybody has an authentic link to vote from Nepal (I already know the VPN method but v few people use VPN in Nepal)??? All news channels and websites busy making only their news headlines of this guy??