२४ घण्टामा भारतमा १५४ जनाको मृत्यु, ५ हजार बढीमा संक्रमण पुष्टि
काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमित १५४ जनाको ज्यान गएको छ । यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस्तै भारतमा आइतबार ५ हजार ५० जना नयाँ बिरामी फेला परेका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको वल्डोमिटरले जनाएको छ। आइतबार पुष्टि भएका संक्रमितको संख्या एकैदिन फेला पर्ने मध्य सबैभन्दा धेरै हो ।
संक्रमितमध्ये भारतमा ३६ हजार ७९५ के उपचार सफल भइसकेको छ ।
२२ लाख २७ हजार ६४२ को मात्रै कोरोना परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment