चीनमा ६ लाख ४० हजार नागरिक कोरोना संक्रमित !

डिसी नेपाल
५ जेठ २०७७ ९:११

काठमाडौं। चीनले कोरोनाभाइरका बिरामीहरुको वास्तविक संख्या लुकाइरहेको हुन सक्ने विगतका केही महिनादेखि दावी गरिएको छ । चीनको विषयमा यस्ता दावीहरु विगत केही महिनादेखि गरिँदै आइएको भए पनि यसको कुनै ठोस प्रमाण भेटिएको छैन । तर, पछिल्लो एक रिपोर्टमा चीनमा ६ लाख ४० हजार संक्रमित भएको दावी गरिएको छ । चिनियाँ सेनाको नेतृत्वमा चल्ने नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट लिक भएको डाटाको हवाला दिँदै यस्तो दावी गरिएको हो ।

लिक भएको डाटाको हवाला दिँदै डेलीमेलले लेखेअनुसार चीनमा कोरोनाको प्रकोप उच्चतम विन्दुमा पुगेका बेला संक्रमित बिरामीको संख्या ६ लाख ४० हजारसम्म थियो । यद्यपि चीनले ८४ हजार २९ संक्रमणका केसको बारेमा मात्र स्वीकारेको छ । लिक भएको डाटामा देशका २३० शहरका ६ लाख ४० हजार जनाको जानकारी छ । हरेक इन्ट्रीमा कन्फर्म केस, मिति र स्थान उल्लेख गरिएको छ । यी इन्ट्री फेब्रुअरीको सुरुवातदेखि अप्रिलको अन्त्यसम्मका छन् ।

संक्रमण भेटिएका स्थानहरुमा अस्पताल, आवासीय अपार्टमेन्ट, होटल, सुपरमार्केट, रेलवे स्टेशन, रेष्टुरेण्ट, स्कुल र यहाँसम्म कि फास्ट फुड चेनका शाखाहरु पनि छन् । मानिएको छ कि हरेक इन्ट्री कम्तीमा पनि उक केससँग जोडिएको छ जसको प्रस्ट मतलब हुन्छ कि देशमा कम्तीमा ६ लाख ४० हजार मानिसहरु कोरोनाबाट संक्रमित थिए ।

दावीअनुसार यो डाटा सार्वजनिक संसाधनबाट जुटाइएकोले बिरामीको संख्या बढी पनि हुन सक्छ र कम पनि हुन सक्छ । युनिभर्सिटीको साइटमा यो डाटा जुटाउन सार्वजनिक संसाधनको प्रयोग गरिएको लेखिएको छ तर नाम उल्लेख नभएकोले केसको पुष्टि मुस्किल छ ।
चीनमाथि यसअघि नै पश्चिमा देशहरुले कोरोनाका बिरामीको संख्या लुकाएको आरोप लगाइरहेका छन् । चीनले भने आफू कोरोनासँग जुध्न सफल रहेको दावी गरेको छ । चीनले समयमै जरुरी किट र औषधी किनिसकेको बताएको छ ।

चीनमा कोरोनाभाइरससँग जुध्ने काममा सेनाको ठूलो भूमिका छ । सेनाले क्वारेन्टाइन सेन्टर, ट्रान्सपोर्ट, सप्लाइ र बिरामीलाई ठिक गर्न धेरै सहयोग गरेको छ। यस्तोमा चीनका सैन्य अधिकारहिरुले प्रयोग गरिरहेको डाटालाई निकै विश्वसनीय मान्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *