आफूले काममा राखेको कामदारसँग आफ्नै श्रीमती सल्किएपछि…

डिसी नेपाल
५ जेठ २०७७ १०:०६

काठमाडौं। विराटनगरका औषधि व्यवसायी देपीप्रसाद दुलालको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीय दुलालको आइतबार हत्या भएको थियो । प्रहरी अनुसन्धानमा उनको हत्यामा उनकै श्रमिती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको छ ।

अनुसन्धानमा भएको खुलासाअनुसार दुलालको हत्याको योजनाकार उनकै श्रीमती थिइन् । श्रीमतीकै संलग्नतामा राती सुतेका बेला डोरीले घाँटी कसेर दुलालको हत्या भएको अनुसन्धानमा देखिएको छ । हत्याका समयमा हत्याराले पञ्जा प्रयोग गरेको पाइएको छ । प्रहरीले श्रीमती मिना र उनका प्रेमी साहलाई पक्राउ गरेको छ । प्रेमीले शरीर थिचेर चल्न नसक्ने पारेको र श्रीमतीले घाँटी कसेको पाइएको छ ।

श्रीमती मिनाले उनी बिहान बेडमै अचेत अवस्थामा भेटिएको भन्दै बिहान ३ बजे नै अस्पताल पुर्याएकी थिइन् । अस्पताल पुग्नासाथ मृत घोषित गरिएका दुलालको शवको प्रारम्भिक जाँचमै डाक्टरहरुले केही अस्वभाविक भएको पत्तो पाइसकेका थिए । डाक्टरले यसको जानकारी प्रहरीलाई दिएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । दुलालले विराटनगठर १० मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधि डिलर सञ्चालन गर्दै आएका थिए।

शनिबार राति औषधि व्यवसायीहरु धनबहादुर काफ्ले, हरिमोहन श्रेष्ठ र मृतक दुलालले दुलालकै घरमा सँगै बसेर मदिरा सेवन गरेका थिए । काफ्ले र श्रेष्ठ राति ९ बजे निस्किएका थिए । दुई जना त्यहाँबाट निस्किएपछि प्रेमीसँग मिलेर श्रीमतीले मिनाले राति ११ बजे श्रीमानको हत्या गरेकी थिइन् । त्यो दिन देवीप्रसादलाई मार्ने योजना शुक्रबार नै बनेको पाइएको छ ।

मीना र साहबीच एक वर्ष अघिदेखि अनैतिक सम्बन्ध रहेको अनुसन्धानमा खुलेको छ । साह चार वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे । यही क्रममा साहको मिनासँग हिमचिम बढ्यो । दुलालले यसबारे थाहा पाएपछि साहलाई कामबाटै निकालिदिएका थिए । पाँच महिनाअघि देवीप्रसादले साहलाई कामबाट निकालेपछि देवीप्रसाद र मिनाको झगडा समेत भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *