बुन्डेसलिगा : वायर्न म्युनिखको सहज जित

डिसी नेपाल
५ जेठ २०७७ ११:१२

काठमाडौं । जर्मनीको शीर्ष फुटबल लिग, बुन्डेसलिगा बन्द रङ्शालाभित्र शनीबार बाट सुरु भएको छ । कोरोनाभाइरसको सङ्क्रमणको जोखिमपछि मार्च १३ मा लिगका खेलहरु स्थगित भएको थियो ।

आइतबार भएको खेलमा लिग लिडर वायर्नले युनियन बर्लीन माथि २–० गोल अन्तरले सहज जित निकालेको छ । वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक एक गोल गरे ।

खेलको ४० औं मिनेटमा लेवान्डोस्कीले तथा खेलको ८१ औं मिनेटमा पाभर्डले हेडमार्फत गोल गर्दै वायर्नलाई २-० को जित दिलाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *