भारतमा खेल परिसर र स्टेडियम खोल्न अनुमति
काठमाडौं । भारतीय गृह मन्त्रालयले खेल परिसर र स्टेडियम खोल्न अनुमति दिएको छ। तर दर्शकहरुलाई खेल परिसर र स्टेडियममा जान रोक लगाईएको छ । यसले गर्दा लकडाउनको कारण अभ्यास गर्न असक्षम भएका खेलाडीहरुलाई फाइदा पुग्नेछ ।
भारत सरकारले अहिसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु गर्न अनुमति दिएको छैन, जसकारण विदेशी खेलाडीहरू आउन असक्षम हुनेछन्। जसकारण अहिलेपनि आईपिएल आयोजना हुने अनिश्चितनै छ ।
स्रोतका अनुसार तत्काल एथलेटिक्स, बक्सिङ र भारोत्तोलनको अभ्यास सुरु हुन सक्छ। अहिले भारतका हकी टीमहरू बेङलोरको साई केन्द्रमा छन् । त्यहाँ पनि अभ्यास सुरु गर्न सकिने संभावना रहेको छ ।
सुरुवातमा अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि तयारी गर्ने खेलाडीहरूलाई प्राथमिकता दिइनेछ। स्टेडियममा साना बच्चाहरूको आगमनमा प्रतिबन्ध हुनेछ। खेल मन्त्रालयबाट प्राप्त भएको सबै मार्गनिर्देशन अनुसार तयारी हुनेछ ।
Facebook Comment