नागढुंगामा डाक्टरमाथि दुर्व्यवहारः ‘तेस्रो कार्की’ पनि अनुसन्धानको दायरामा

डिसी नेपाल
५ जेठ २०७७ १४:०६

काठमाडौं। बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीमाथि काठमाडौं प्रदेश गर्ने क्रममा एक युवकले नागढुंगा नाकामा दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि यो काण्ड निकै चर्चित बन्यो । यो घटनामा दुर्व्यवहार गरेको अभियोग लागेका युवकलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीविरुद्ध दुर्व्यवहार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो घटनाको एउटा रोचक पक्ष के पनि थियो भने डा. कार्कीमाथि अभद्र व्यवहार गर्ने आफूलाई स्वयंसेवक भन्ने युवा पनि कार्की थरकै थिए । प्रहरीले दुर्व्यवहार अभियोगमा उत्तम कार्की नामका युवालाई पक्राउ गरेको छ । अहिले त्यो घटनामा अझै अर्को ट्वीस्ट आएको छ । उत्तर कार्कीले डा. नारायण कार्कीसँग अभद्र व्यवहार गरिरहेका बेला त्यहाँ एक जना सुरक्षाकर्मी पनि कार्की थरकै रहेको र उनै कार्की थरका सुरक्षाकर्मीले दुर्व्यवहार भएको देख्दादेख्दै पनि त्यसलाई नरोकेर अभद्र व्यवहारमा प्रोत्साहन गरेको हुन सक्ने देखिएको छ ।

छेउमै रहेर पनि केही नगरी सबै दृश्य हेरिरहेका ती सुरक्षाकर्मी पनि दुर्व्यवहार गर्न उक्साएको आरोपमा अनुसन्धानको दायरामा तालिलने भएका छन् । घटनाबारे छानबिन गर्न महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले एसपी सन्तोषसिंह राठौर र इन्स्पेक्टर विष्णु बस्यालसहितको छानबिन समिति गठन गरेको छ । यो समितिले कार्की थरका सुरक्षाकर्मीको व्यवहार दुर्व्यवहारको लागि उक्साउले खालको भए नभएको अनुसन्धान गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *