अंपुन चक्रवात धेरै शक्तिशाली भइसक्यो, नेपालका यी ठाउँमा यस्तो असर पार्नेछ

डिसी नेपाल
५ जेठ २०७७ १५:००

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा देखिएको अंपुन नामको चmत्रवात निकै शक्तिशाली भइसकेको र यो अझै शक्तिशाली हुने क्रममा चक्रवातको असर नेपालसम्मै पर्ने भएकाले सतर्कता आपनाउन आग्रह गरेको छ । अहिले बंगालको खाडीको मध्य भागमा अंपुन नामको चक्रवात धेरै शक्तिशाली रुपमा विकसित हुँदै गएको र उक्त चक्रवात मंगलबार पूर्वी नेपाल प्रवेश गर्ने महाशाखाले उल्लेख गरेको छ ।

‘त्यसले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २, ३ दिनसम्म देशैभरि बदली भई केहि स्थानमा वर्षा हुने देखिन्छ’ महाशाखाले अंपुन चक्रवातबारे आफ्नो वेबसाइटमार्फत अपडेट जारी गर्दै भनेको छ, ‘उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एकरदुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।’ चक्रवात बंगालको खाडी हुँदै विकसित हुने क्रम बढिरहेकाले मंगलबार बेलुकीदेखि नेपालमा यसको प्रभाव सुरु हुने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *