बाँकेमा ४७ जनामा काेराेना संक्रमण, ५३ जनामा आजै कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट ४६ जना पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यस्तै गुल्मीमा पहिलो पटक १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरनोबाट संक्रमित हुनेको संख्या ३ सय ५७ जना पुगेको छ । जसमा २ सय ५८ जना पुरुषहरु रहेका छन् भने ६३ जना महिला रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment