शेयर बजार जेठ २० गतेसम्म बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजार जेठ २० गतेसम्मका लागि बन्द गरेको छ । सरकारले लकडाउनको अवधि बढाएसँगै नेप्सेले पनि सूचना जारी गर्दै उक्त अवधिभर बजार बन्द हुने जानकारी दिएको हो ।
लकडाउन सुरु भएसँगै बन्द भएको बजार गत मंगलबार र बुधबार दुई दिन खुलेको थियो । उक्त अवधिमा बजारमा अनावश्यक चलखेल भएपछि लगानीकर्ताको दवावमा विहबारबाट बजार पुन बन्द गरिएको थियो ।
यसअघि जेठ ५ गतेसम्म बजार बन्द हुने नेप्सेले सूचना जारी गरेको थियो । सरकारले लकडाउनलाई निरन्तरता दिएपछि नेप्से संचालक समितिको सोमबार बसेको बैठकले शेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया
Facebook Comment