विश्वका विभिन्न १७ मुलुकमा नेपाली मजदुर एकता समाजको शाखा गठन
काठमाडौँ ।नेपाली मजदुर एकता समाजले बिश्वका १७ देशलाई समेटेर नेपाली मजदुर एकता समाज प्रवास ब्युरो गठन गरेको छ।
मलेसियाबाट स्थापना कालदेखि नै मजदुरहरुको हक हित,अधिकार र न्यायका लागि सक्रयि रुपमा निरन्तर काम गरिरहेको समाजकोे दावी छ । संस्थाको स्थापना मलेसियामा भएको थियो ।
मलेसियाबाट नै हाल साउदी ,कतारलगायतका देशहरुमा रहेका नेपाली मजदुरलाइै परेका समस्या समेत हेर्दै आएको समाजले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय समिति बनाएर नेपालमा औपचारिक रुपमा दर्तासमेत गरिसकेको बताइएको छ ।
मजदुरका लागि मजदुर अभियान संचालन गर्ने उद्देश्यसहित अभियान्ताहरु दिलिप भट्टराई, प्रेम बहादुर शाही, तेज बहादुर कार्की ,अर्जन बहादुर सिंह लगायतको पहल र सक्रियतामा मलेसियामा कार्यरत श्रमजीवी नेपालीहरुको सक्रियतामा २८ जुलाई २०१९ मा मलेसियाको क्वालालम्पुरमा एक औपचारिक भेलाले आम मजदुरहरुको हक हित र अधिकारको लागि संसार भरिका सम्पुर्ण नेपाली माझ पुग्ने उद्देश्यसहित गैरसरकारी ,गैरराजनीतिक,मुनाफारहित समाजको औपचारिक स्थापना गरिएको थियो ।
कुन–कुन देशमा क–कसले पायो संयोजकको जिम्मेवारी ?
राजन क्षेत्री अमेरिका, बिजय भुसाल इटाली, प्रिया राना ब्राजिल, रिना सिंगार तिवारी जापान, कृष्ण श्रेष्ठ ‘सुनिल’ पोल्याण्ड , उर्मिला सुनुवार ‘सबु’ ओमन , बिनोद भट्ट पोर्चुगल, कृष्ण थापा बहराइन, अक्कल बहादुर घिसिङ बहराइन सहसंयोजक,अर्जुन कँडेल माल्टा, धन बहादुर मगर ‘विराट’ माल्दिभ्स, राम बहादुर आले मगर ‘निकेश’ दक्षिण कोरिया , मुना पुन साइप्रस, केशरी लामा साइप्रस सहसंयोजक,अविराम रार्इ कतार, गणेश बहादुर खापुङ यूएई, नविन नेपाल साउदी, सरोज कोइराला साउदी ब्यूरो सदस्य, गणेश अधिकारी र यमुना पाण्डे ‘मुना’ नेपाल रहेका छन् ।
त्यस्तै राम प्रसाद सुबेदी ‘संगम’ मलेसिया समिति अध्यक्षलाई ब्यूरोले विशेष जिम्मेवारी दिएको छ, भने मलेसिया समिति सचिव सन्तोष फुल्लेललाई मलेसिया समितिको तर्फबाट ब्यूरोमा मनोनीत गरिएको छ ।
ब्युरोलाई चाँडै नै अन्य मुलुकहरुमा समेत बिस्तार गरिने ब्युरो संयोजक प्रेम बहादुर शाही ‘दिलिप’ ले डिसी नेपलालाई जानकारी दिए।
Facebook Comment