प्रधानमन्त्रीले नेपालको वास्तविक नक्सा संसदमा प्रस्तुत गर्ने

डिसी नेपाल
६ जेठ २०७७ ५:००

काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद्बाट पारित गरिएको नेपालको नयां नक्सा संसदमा प्रस्तुत गर्ने तयारी गरेका छन् । सो कार्यका लागि प्रधानमन्त्री ओलीले जेठ ५ को मन्त्रीपरिषदको बैठकपछि भूमिसुधार मन्त्री पद्मा अर्याल र सम्बद्ध विज्ञहरुसंग छुट्टै छलफल गरेका थिए । सम्भवत जेठ ६ गतेको संसद् बैठकमा विशेष समय लिएर प्रधानमन्त्री ओलीले नेपालको वास्तविक नक्सा प्रस्तुत गर्दै छन् ।


प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, आजको मन्त्रीपरिषद् बैठकपछि भूमिसुधार मन्त्री  पद्मा अर्याललगायतसँग बसेर प्रधानमन्त्रीले नक्सालाई अन्तिम रुप दिंदै कतै केही खोट नभएको निष्कर्षमा पुगेका थिए । नयाँ नक्साअनुसार अब देशको क्षेत्रफल १ लाख ४७ हजार ५ सय ५७ वर्गकलोमिटर रहेको छ । उक्त नयाँ नक्सामा कालापानी,  लिपुलेक र लिम्पियाधुरा समेत समेटेर तयार गरिएको छ ।  भूमिसुधार मन्त्रालयको सहयोगमा नापी बिभागले सो नक्सा तयार गरेको हो । यसबारेमा डिसी नेपालसँग कुरा गर्दै भूमिसुधार मन्त्री अर्यालले भनिन्, “यो ऐतिहासिक  भूमिका निर्वाह गर्न पाउँदा खुशी लाग्नु स्वभाबिक हो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *