आज अमेरिकी डलरसहित यी ९ देशका मुद्राको भाउ बढ्यो (तालिकासहित)

डिसी नेपाल
६ जेठ २०७७ ६:२९

काठमाडौँ । आज जेष्ठ ६ गते (मंगलबार) अमेरिकी डलरसहित ९ देशको विनिमयदर बढेको छ । आज यूरोपियन यूरो, कुवेती दिनार र बहराइन दिनारको भाउ धेरै र अन्य देशको मुद्राको भाउ सामान्य बढेको हो ।

विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १६ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ७६ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ २ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ९९ पैसा र बिक्रिदर १ सय ४७ रुपैयाँ ७२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४४ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ ५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ४६ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *