कोरोनाभाइरसको डरः ट्रम्प आफैंले खाइरहेछन् प्रमाणित नभएको औषधि
काठमाडौं। केही महिनाअघि आफ्ना नागरिकहरुलाई कोरोनाभाइरसबाट बच्न मलेरियाको औषधी खान सिफारिस गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले त्यो औषधी सेवन गर्ने गरेको पाइएको छ । उनी आफैंले मलेरियाको औषधी हाइड्रोक्सिक्लोरोक्विन सेवन गर्ने गरेको खुलासा गरेको बीबीसीले जनाएको छ ।
यो औषधी डाक्टरको सल्लाहबिना सेवन नगर्न अमेरिकाकै विशेषज्ञहरुले चेतावनी दिएका छन् । तर, आफ्नै देशका विज्ञको चेतावनीको बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले आफूले कोरोनाबाट जोगिन मलेरियाको औषधि सेवन गरिरहेको खुलासा गरेका हुन् ।
उनले सोमबार पत्रकार सम्मेलनमा हाइड्रोक्सिक्लोरोक्विन र जिन्क नामक औषधि सातादिन भन्दा बढी समयदेखि दैनिकी रुपमा सेवन गरिरहेको बताएका छन् । ट्रम्पले आफूले ती औषधि डाक्टरको सिफारिसमा सेवन नगरेको बताएका छन्।
प्रशासनका धेरै शीर्ष चिकित्सकहरुको सर्तकता पछि पनि ट्रम्पले कोरोना भाइरसको सम्भावित उपचार वा प्रोफेलेक्सिसको रूपमा औषधी सेवन गरिरहेका छन्। ती औषधिले केही बिरामीहरूमा साइड इफेक्ट देखिने सम्भावना रहेको छ भने यसमा कोरोना भाइरससँग लड्न सक्छ भन्ने पुष्टि भएको छैन।
अमेरिकाको खाद्यान्य तथा औषधि प्रशासनले गत महिना मात्र यस प्रकारको औषधिले घातक साइड इफेक्ट देखाउन सक्ने भन्दै जथाभावि औषधी प्रयोग नगर्न चेतावनी दिएको थियो ।
Facebook Comment