अमेरिकी खोपको मानिसमा परीक्षणको नतिजा आयो, वैज्ञानिकले भने – ‘उत्साहजनक’

डिसी नेपाल
६ जेठ २०७७ ८:४३

काठमाडौं। कोरोनाभाइरसको खोपको परीक्षणका क्रममा रहेको अमेरिकी कम्पनी मोडर्नाको पहिलो चरणको क्लिनिकल ट्रायलको नतिजा आएको छ । मानिसमा गरिएको क्लिनिकल ट्रायलको पहिलो चरणको नतिजा सफल भएको वैज्ञानिकहरुले जनाएका छन् । वैज्ञानिकहरुले यसलाई उत्साहजनक भनेको सीएनएनले लेखेको छ

नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी मोडेर्नाले विकास गरेको खोपले अपेक्षाभन्दा राम्रो काम गरेको वैज्ञानिकले दावी गरेका हुन् । एमआरएनए–१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले सोमबार साँझ जानकारी गराएको छ । उसका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ ।

मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने बताएका छन् । तर यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले बताएका छन् । आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने उनले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *