बंगलादेशी डाक्टरले गरे कोरोनाको औषधी बनाएको दावी, ४ दिनमै बिरामी ‘नेगेटिभ’

डिसी नेपाल
६ जेठ २०७७ ९:५९

काठमाडौं। बंगलादेशी डाक्टरहरुको एक टिमले कोरोनाभाइरसको औषधी बनाएको दावी गरेका छन् । उनीहरुका अनुसार टिमले दुई औषधीहरु मिलाएर यस्तो एन्टिडोट बनाउका छन् जसको परिणाम आश्चर्यजनक पाइएको छ । शोधकर्ता तथा बंगलादेश मेडिकल कलेज हस्पिटलमा मेडिसिन डिपार्टमेन्टका हेड प्रोफेसर मोहम्मद तारिक आलमका अनुसार ६० प्रतिशत बिरामीमा यो औषधीको प्रयोग गरिएको छ र परिणाम सकारात्मक पाइएको हिन्दुस्तान टाइम्सले लेखेको छ । बिरामीलाई दुई औषधीको एन्टिडोट दिएपछि सबै बिरामी रिकभर भए ।

प्रोफेसर तारिक बंगलादेशका प्रसिद्ध विशेषज्ञ हुन् । उनका अनुसार जनावरहरुमा परजीवि किराहरु मार्न प्रयोग हुने औषधी आइभरमेक्टिनको सिंगल डोजको साथमा एन्टिबायोटिक डोक्सिसाइक्लिनलाई मिलाएर एन्टिडोट तयार गरिएको हो । उनको टिमले बिरामीहरुलाई यही दुई औषधि दिइरहेका छन् । धेरैजसो बिरामीहरु सास फेर्न समस्या भएका थिए र उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो।

मोहम्मद तारिकले औषधी निकै प्रभावकारी भएको दावी गरे । यो औषधी दिएको ४ दिनपछि नै बिरामी रिकभर भए र यसको कुनै साइड इफेक्ट बिरामीमा देखिएन । ठिक भइसकेका सबै बिरामीहरु अझै पनि निगरानीमा छन् । बंगलादेशमा कोरोनाभाइरसका २३ हजार ८ सय भन्दा धेरै केस आइसकेका छन् । संक्रमणबाट ३४९ जनाको मृत्यु भइसकेको छ ।

मोहम्मद तारिकले यो कम्बिनेशन प्रभावकारी प्रमाणित हुने आशा व्यक्त गरेका छन् । उनले सरकारसँग सम्पर्क गरेर यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने प्रयास गरिरहेको बताए । यसका अलावा अनुसन्धानलाई अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्नको लागि कागजी प्रक्रिया जारी छ । बंगलादेश मेडिकल कलेजका डा. रबिउल मोर्शिदका अनुसार औषधी दिएको ३ दिनमा बिरामीमा लक्षणमा ५० प्रतिशत कमी र ४ दिनमा रिपोर्ट नेगेटिभ आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *