प्रतिनिधिसभामा सम्बोधन गर्दागर्दै प्रधानमन्त्री ओली अस्वस्थ !

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दा गर्दै अस्वस्थ भएका छन् । सम्बोधन गर्दागर्दै प्रधानमन्त्रीले सभामुखलाई सम्बोधन गर्दै भने ‘सभामुख महोदय मलाई स्वास्थ्यका कारण उभिएर बोल्न असहज भयो ।’
प्रधानमन्त्रीको हालै मृगौला प्रत्यारोपण गरिएको थियो । उनले आफूलाई अपरेहनकै कारण खुट्टामा समस्या भएको बताए । पछि प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरियो । कुर्सीको व्यवस्था भएपछि प्रधानमन्त्रीले बाँकी सम्बोधन कुर्सीमा बसेर सुरु गरेका थिए ।
प्रतिक्रिया
Facebook Comment