विश्वलाई कोरोनाभाइरसबाट बचाउनका लागि चीनका २ ठूला घोषणा

डिसी नेपाल
६ जेठ २०७७ १५:०६

काठमाडौं। चीनले विश्वलाई कोरोनाभाइरसको महामारीबाट बचाउनका लागि २ ठूला घोषणा गरेको छ । एएफपीको रिपोर्टअनुसार चीनमा राष्ट्रपति शी जिनपिंगले सोमबार यी दुई घोषणा गरेका हुन् । राष्ट्रपति जिनपिंगले चीनको तर्फबाट तयार गरिने कोरोनाभाइरस विरुद्धको भ्याक्सिन पूरै विश्वका मानिसहरुको लागि उपलब्ध हुने र यसको सुनिश्चितता चीन सरकारले गर्ने बताए ।

विश्व स्वास्थ्य संगठनको वार्षिक सम्मेलनलाई सम्बोध गर्दै राष्ट्रपति जिनपिङले कोरोनाभाइरस विरुद्ध लडाइँको लागि चीनले २ अर्ब डलरको आर्थिक सहयोग दिने पनि घोषणा गरे । खास गरी विकासशील देशहरुको लागि कोरोनाभाइरसविरुद्ध लड्नको लागि आगामी २ वर्षका क्रममा यो रकम दिइनेछ । सम्बोधनका क्रममा जिनपिङले कोरोनाभाइरसका विषयमा चीन सधैं पारदर्शी रहेको पनि बताए । शी जिनपिंगले भने ‘चीनले कुनै भ्याक्सिन बनाउनासाथ यो पूरै विश्वको लागि उपलब्ध हुनेछ ।

अमेरिका अस्ट्रेलिया लगायतका कैयौं देशहरुले चीनमाथि कोरोनाभाइरसका विषयमा जानकारी लुकाएको आरोप लगाउँदै आएका छन् । यसका साथै चीनको एक प्रयोगशालाबाट भाइरस लिक भएको आरोप पनि लगाइएको छ । यही कारण चीन र अमेरिकाबीच पछिल्लो महिना निकै तनाव बढेको छ । जिनपिङले कोरोना संकट समाप्त भएपछि यसको विषयमा विश्वले कसरी प्रयास गर्यो भन्ने कुराको मूल्यांकन गर्न तयार रहेको पनि बताए ।

युरोपियन युनियनका २७ सदस्य राष्ट्र, अमेरिका, अस्ट्रेलियासहितका देश कोरोनाभाइरसको विषयमा विश्व स्वासथ्य संगठनको सुरुवाती प्रयासलाई लिएर स्वतन्त्र जाँचको माग गरिसरहेका छन् । यसअघि अमेरिकाको गुप्तचर एजेन्सीका अधिकारीहरुको हवाला दिँदै चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोना सम्बन्धी जानकारी सार्वजनिक गर्न ढिलाइ गर्न भनेको समाचार बाहिरिएका थिए । यो कथित घटना जनवरीको बताइएको थियो । विश्व स्वासथ्य संगठनले भने यो रिपोर्टको खण्डन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *