राष्ट्रियसभामा प्रधानमन्त्रीको जवाफ

डिसी नेपाल
६ जेठ २०७७ १६:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे आज राष्ट्रियसभाको बैठकमा जवाफ दिएका छन् । उनले छलफलमा उठेका विषयवस्तुमा सरकारको ध्यान गएको र आउँदो बजेट तर्जुमा र सरकारको कामका सन्दर्भमा प्राप्त सुझावलाई मनन गरिने विश्वास दिलाए ।

लामो सङ्घर्ष र बलिदानपछि देशले स्थिर र दूरदृष्टियुक्त सरकार प्राप्त गरेको उल्लेख गर्दै उनले सरकार कोरोना महामारीसँग सामनासहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षामा दृढताका साथ अघि बढिरहेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा यस्तै प्रकारको जवाफ दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *