फोटो पत्रकारलाई राहत

डिसी नेपाल
६ जेठ २०७७ १७:०७

काठमाडौँ । कोरोना सङ्क्रमणको न्यूनीकरणका लागि सरकारले जारी राखेको लकडाउनका कारण समस्यामा परेका फोटो पत्रकारलाई राहत उपलब्ध गराइएको छ । बाग्लुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष रसुमिला श्रेष्ठ र निर्मला कोइराला, शङ्कर गुरुङलगायत समाजसेवीले फोटो पत्रकारलाई २० बोरा चामल उपलब्ध गराएको हो ।

समाजसेवीले उपलब्ध गराएको खाद्यान्न राष्ट्रिय फोटो पत्रकार समूहले आवश्यकताका आधारमा फोटो पत्रकारलाई उपलब्ध गराएको हो । समूहका महासचिव एवं राससकर्मी प्रदीपराज वन्तले लकडाउनका कारण समस्यामा परेका फोटो पत्रकारलाई समाजसेवीले राहत उपलब्ध गराइएको जानकारी दिए ।

राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि ललितपुरको झरुवाराशीमा रहेको बज्र इँटाभट्टामा कार्यरत ६३ श्रमिकको परिवारलाई राहत उपलब्ध गराएको थियो । यस्तै लामो समयदेखि बिरामी पत्रकार तथा लेखक विके पाल्पालीलाई पनि समूहले रु २२ हजार बराबरको औषधि र रु आठ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *