कतारमा कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार नाघ्यो, साढे ५ हजार भन्दाबढी उपचारपछि संक्रमणमुक्त

डिसी नेपाल
६ जेठ २०७७ १८:२४

काठमाडौँ । खाडीमुलुक कतारमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ । मंगलबार १ हजार ६ सय ३७ नयाँ केस थपिएसँगै संक्रमितको संख्या ३५ हजार ६ सय ६ पुगेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनाको परीक्षण गरिएको थियो ।

मंगलबार मात्रै ७ सय ३५ जनाले उपचारपछि स्वास्थयलाभ गरेका छन् । योसँगै कतारमा उपचारपछि निको हुनेको संख्या ५ हजार ६ सय ३४ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले २९ हजार ९ सय ५७ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये गम्भिर अवस्थामा रहेका १ सय ७४ जनाको विशेष उपचार भैरहेको छ ।

कतारमा संक्रमितको संख्या उच्च रहेपनि मृत्युदर भने न्युन छ । हालसम्म कतारमा १५ जनाले मात्रै कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयले अहिलेसम्म १ लाख ६६ हजार १ सय ८२ जनामा कोरोनाको परीक्षण गरिएको जनाएको छन् ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । तर, कतारमा सरकारी तथ्याङक भन्दाबढि करिब ४ लाख नेपाली रहेको अनुमान छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन ।

दूतावासले यकिन तथ्याङक आफूसँग नभएता पनि नेपालीहरु संक्रमित भने भएको बताउँदै आएको छ । संक्रमित भएका नेपालीहरुमध्ये कतिपय निको समेत भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *