यूएईमा २५ हजार भन्दाबढीमा कोरोनाको संक्रमण, २ सय २७ जनाको मृत्यु

डिसी नेपाल
६ जेठ २०७७ १८:५०

काठमाडौँ । खाडीमुलुक यूएईमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार नाघेको छ । मंगलबार ८ सय ७३ नयाँ केस पुष्टि भएसँगै संक्रमितको संख्या २५ हजार ६३ पुगेको छ ।

संक्रमितमध्ये २ सय २७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ३ जनाको मृत्यु भएको हो ।

यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १० हजार ७ सय ९१ जना उपचारपछि निको भएका छन् । अहिले १४ हजार ४५ वटा ‘एक्टिभ’ केस रहेका छन् ।

यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउने गरेको छैन । तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्याङक छैन । तर, पनि एनआरएनए यूएईले आफ्नो तरिकाले संक्रमित नेपालीहरुको तथ्याङक संकलन गरेको बताएको छ ।

एनआरएनए एनसीसी यूएईले एनआरएनए स्वास्थ्य समितिलाई पठाएको तथ्याङक अनुसार यूएईमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या २ सय भन्दाबढी रहेको छ । तीमध्ये ९ जनाको ज्यान मृत्यु समेत भएको छ । तर, एनआरएनलाई प्राप्त भएको तथ्याङक भन्दा धेरै संख्यामा नेपालीहरु संक्रमित भएको अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *