कोरोनाबाट संक्रमित साढे १९ लाख मानिस निको

डिसी नेपाल
७ जेठ २०७७ ६:४३

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितमध्ये साढे १९ लाख बढी संक्रमित निको भएका छन्।

नेपालसहित विश्वका २१३ देशमा फैलिएको कोरोनाबाट संक्रमितमध्य यो समाचार तयार पार्दासम्म १९ लाख ५६ हजार ३६१ संक्रमित निको भएको वल्डोमिटरले जनाएको छ । हिजो मंगलबार मात्रै विश्वभर ५१ हजार १०० संक्रमित निको भएका छन्।

हालसम्म विश्वभर ४९ लाख ८२ हजार ८७५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित मध्ये ३ लाख २४ हजार ५३५ जनाको ज्यान गएको छ।

कोरोनाका संक्रमण निको हुनेमा अमेरिका, जर्मन, इरान लगाएतका देश रहेका छन् । विश्वमै सबैभन्दा प्रभावित भएको देश संयुक्त राज्य अमेरिकामा हालसम्म ३ लाख ६१ हजार १८० जना संक्रमित निको भएका छन्।

यस्तै, रसियामा ७६ हजार १३०, स्पेन १ लाख ९६ हजार ९५८, ब्राजिल १ लाख ६ हजार ७९४, इटली १ लाख २९ हजार ४०१, फ्रान्स ६२ हजार ५६३, जर्मनी १ लाख ५५ हजार ७००, टर्की १ लाख १२ हजार ८९५, इरान ९७ हजार १७३ र छिमेकी मुलुक भारतमा ४२ हजार ३०९ जना संक्रमित निको भएका छन्।

यस्तो छ २१३ देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *