लकडाउनमा नियमित अभ्यास गर्दै नेपाली फुटबल खेलाडीहरु (भिडियो)
काठमाडौं । लकडाउनमा विश्वका केही देशहरुमा छिटफुट रुपमा खेलकुद प्रतियोगिताहरु भईरहेको बेलामा नेपालमा अहिले पनि खेलकुद प्रतियोगिताहरु ठप्प रहेको छ । नेपालमा खेल प्रतियोगिता लगायत खेलाडीहरु कहिले बाट मैदानमा आएर प्रशिक्षण गर्ने त्यो पनि अनिश्चितनै रहेको छ । अहिलेको संक्रमणकालिन अवस्थामा बिभिन्न क्षेत्रका खेलाडीहरुले घरमै अभ्यास गरेको भिडियो समय समयमा सामाजिक संजालहरुमा आईरहेको हुन्छ ।
हालै आएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि नेपालमा रहेका र नेपाल बाहिर रहेका नेपाली फुटबल खेलाडीहरुले घरमा र जिममा अभ्यास गरिरहेका एक भिडियो सार्वजनिक गरेको छ । एन्फाले सार्वजनिक गरेको उक्त भिडियोमा हाल ईन्डोनेसियामा रहेका रोहित चन्द लगायत नेपालमा रहेका किरण चेम्जोङ, जर्ज प्रिन्स कार्की, विकेश कुथु, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, विक्रम लामा, एरिक विष्ट, सुवास गुरुङ, सुनील बल, रञ्जित धिमाल, विशाल राई, दिप कार्की, विशाल श्रेष्ठ, मिक्चेन तामाङ, सरोज दाहाल, आशिष लामा, तेज तामाङ, भरत खवास लगायतका खेलाडीहरुले आफ्नो फिटनेसमा निकै ध्यान दिइरहेको पाइएको छ ।
(भिडियो)
Facebook Comment