अग्रभागमा क्रियशील प्रहरी संक्रमित, ५० जना प्रहरी क्वारेन्टाइनमा

डिसी नेपाल
७ जेठ २०७७ ११:५९

काठमाडाैं। फ्रन्टलाईनमा काम गर्नेमध्ये नेपाल प्रहरी कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म ६ जना प्रहरी कोरोना सङ्क्रमित भएका छन्।

बुधबार बिहान कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना पुस्टी भएपछि सङ्ख्या थपिएको हो। उक्त वृतमा २ सय १४ जना प्रहरी कर्मचारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सङ्क्रमित भेटिएपनी वृतमा उच्च साबधानी अपनाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता निरज शाहिका अनुसार काठमाडौंमा २ जना, कपिलवस्तुमा २ जना, बारामा १ जना र धनकुटामा १ जना गरी ६ जनामा कोरोना पुष्टि भएको हो। कार्यालयहरुमा कोरोना पुष्टि भएपछि हेडक्वाटरले प्रोटोगल अनुसार सुरक्षा अपनाउन सबै कार्यालयहरुलाई आग्रह गरेको प्रवक्ता शहिले बताए।

उनले भने, ‘हामिले सक्दो पिपिई र मास्क पठाइसकेका छौं, ‘खाना खादा वा ड्युटी गर्दा आफ्नो जोखिम ख्याल गर्न सबै प्रहरीलाई भनेका छौँ, यति गर्दा पनि भयो भने क्वारेन्टाइनमा राख्छौं।’

उनले सङ्क्रमित प्रहरीलाई राख्नका लागी क्वारेन्टाइन र आइसुलेसन तयार भएकाले त्यही राख्न सकिने बताए। जोखिम बढेपछि बिदा बसेर वा सरुवा भएर आएका प्रहरीलाई आआफ्नो कार्यालयको क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको छ। अहिले ५० जना हाराहारी प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *