नेपाल–भारत सीमा विवादबारे बोल्यो चीन
काठमाडौं। नेपाल र भारतबीच चर्किएको सीमा विवादमा विषयमा चीनले आफ्नो धारणा राखेको छ । चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको विषय भएको बताउँदै दुई देश मिलेर यसको समाधान निकाल्ने अपेक्षा व्यक्त गरेको छ ।
मंगलबार नियमित पत्रकार सम्मेलनमा बोल्नेक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी (चीन) आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट असमझदारीहरु हल गर्नेछन् ।’ प्रवक्ता लिजेनले स्थिति जटिल बनाउनसक्ने एकपक्षीय कदमबाट दुवै देश बच्नुपर्नेमा पनि जोड दिएका छन् ।
प्रतिक्रिया
Facebook Comment