अन्तर्राष्ट्रिय खेलहरूमा स्थानीय अम्पायर र म्याच रेफ्रीहरूको प्रयोग गर्न आईसीसीको सुझाव, नेपालमा रहेका अम्पायरहरुको संभावना कति ?
![अन्तर्राष्ट्रिय खेलहरूमा स्थानीय अम्पायर र म्याच रेफ्रीहरूको प्रयोग गर्न आईसीसीको सुझाव, नेपालमा रहेका अम्पायरहरुको संभावना कति ?](https://www.dcnepal.com/wp-content/uploads/2020/05/122911.jpg)
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) कमिटीले टेस्ट, एकदिवसीय र टी २० मा स्थानीय अम्पायरहरूको नियुक्ति गर्न सुझाब दिएको छ। कोरोना भाईरसको कारण अहिले एक ठाउबाट अर्को ठाउमा यात्रा गर्न प्रतिबन्ध लगाईएको छ । यस्तो अवस्थामा विदेशी अम्पायर तथा म्याच रेफ्रीहरुको पनि केहि महिनासम्म आवत जावत असम्भव रहेको छ ।
साथै आईसीसीले एक विज्ञप्तिमा, यदि कुनै देशमा एलिट प्यानलका खेल अधिकारीहरू नभएको अवस्थामा सबैभन्दा राम्रो स्थानीय अन्तर्राष्ट्रिय प्यानल म्याच अधिकारीहरू नियुक्त हुने जनाएको छ ।
नेपालको बारेमा कुरा गर्दा यदि नेपालमा एकदिवसीय वा टी २० अन्तराष्ट्रिय प्रतियोगिता भै हाल्या भने नेपालबाट पनि आईसीसी डेभलोपमेन्ट प्यानलमा रहेका ३ अम्पायरहरु बुद्धि प्रधान, बिनय कुमार झा र दुर्गानाथ सुबेदीलाई आईसीसीले राख्न सक्ने म्याच रेफ्री समिर खान बताउनु हुन्छ । हुनत त नेपालमा अहिले सम्म एलिट प्यानलका अम्पायरहरु छैनन । यो अबस्थामा आईसीसीले डेभलोपमेन्ट प्यानलका अम्पायरहरु प्रयोग गर्न सक्छन, साथै खेलहरुमा अम्पायरहरु अपुग भएको खण्डमा क्रिकेट एसोसियन अफ नेपाल (क्यान) ले पनि नेपालमा रहेका लेभल दुई र लेभल १ भित्रका अम्पायरहरुलाई उनीहरुको खेल अनुभव र क्षमता हेरेर एकविसीय र टि २० अन्तराष्ट्रिय खेलमा अम्पायरको लागि आईसीसीलाई सिफारिस गर्न सम्ने संभावना रहेको समिर खानले बताउनु भयो ।
Facebook Comment